काठमाडौं–सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन्।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे।वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन्।
जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए।
सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।