काठमाडौं–चालु आर्थिक वर्ष २०८१/०८२ मा सबै बालीको उत्पादन सामान्यरूपमा बढ्ने अनुमान आर्थिक सर्वेक्षणले देखिएको छ।
संसदमा प्रस्तुत भएको चालु आवको आर्थिक सर्वेक्षण अनुसार बालीहरुको उत्पादन बढ्ने अनुमान सार्वजनिक भएको हो।
धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत तथा नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ। यस्तै, औद्योगिक बालीको उत्पादन ४.४२ प्रतिशत, दलहन बाली ३.२९ प्रतिशत, मसलाबाली ११.६४ प्रतिशत, फलफूल बाली ०.१७ प्रतिशत र तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने अनुमान सर्वेक्षणले देखाएको छ।
चालु आर्थिक वर्षमा धानको उत्पादन ४.०४ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको छ। चालु आर्थिक वर्ष धानबालीको औसत उत्पादकत्व ५.३८ प्रतिशतले वृद्धि भई ४.१९ मेट्रिक टन प्रति हेक्टर पुगेको छ।
त्यस्तै कृषि बालीको उत्पादन र क्षेत्रफल दुवैमा खाद्यान्न बालीको हिस्सा उच्च रहँदै आएको छ। चालु आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.५२ प्रतिशत, तरकारी १८. ५९ प्रतिशत, नगदेबाली १५.१५ प्रतिशत, औद्योगिक बाली ११.४७ प्रतिशत, फलफूल ५.९३ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.९ प्रतिशत, तरकारी १८.०४ प्रतिशत, नगदेबाली १५.३८ प्रतिशत, औद्योगिक बाली ११.३७ प्रतिशत तथा फलफूल ६.१३ प्रतिशत रहेको थियो।
७.२८ आर्थिक वर्ष २०८१/८२ मा कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७०.९६ प्रतिशत रहने अनुमान छ। त्यसैगरी नगदेबाली ९.९८ प्रतिशत, तरकारी ६.९६ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७१.४८ प्रतिशत, नगदेबाली ९.७८ प्रतिशत, तरकारी ६.७७ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।