काठमाडौँ–नेपालमा सञ्चालित सार्वजनिक संस्थानले आर्थिक वर्ष २०८०/८१ मा नाफा ४२ अर्ब ६२ करोड नाफा कमाएका छन्।
अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार यस्तो अवस्था देखिएको हो।
नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा नाफा रहँदा सो बराबरको नाफा आर्जन भएको हो। १५ वटा संस्थान नोक्सानमा हुँदा २ वटा बन्द अवस्थामा रहेका छन्।
कल संस्थानमध्ये जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्। यी संस्थानले आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ६० अर्ब १५ करोड सञ्चालन आय गरी गरेका छन्।
यो अघिल्लो वर्ष तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।