फाइल तस्विर
काठमाडौं–आज दिउँसो २ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन्। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै ३ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।