काठमाडौं–प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भएको छ।
विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।
त्यसपछि साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो। भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ।
सदनमा आज गृहमन्त्रीले ले सदनमा बोल्ने तयारी गरेका छन् । तर, विपक्षी दल बोल्न नदिने अडानमा छन्।
संसद बैठक अवरुद्ध भएपछि गृहमन्त्री रमेश लेखकले अहिले साँझ पत्रकार सम्मेलन गर्ने भएका छन्। साँझ ५ बजे संसीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागिएको गृहमन्त्रीको सचिवालयले जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।