काठमाडौं–सदनमा राजीनामा माग्दै विपक्षी दलले बोल्न नदिएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन्।
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राजीनामा माग्दै निरन्तर सदन अवरोध गरिरहेका बेला लेखकले प्रेस मिटको तयारी गरेका हुन्।
बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबिचको छलफल भएको थियो।
सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए।
त्यसपछि आधा घण्टालाई स्थगित सदन अझै खुलेको छैन। आज सदन सुचारु नभए खुलाउने सहमति नभए लगत्तै पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।
मंगलबार पनि विपक्षी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।