काठमाडौँ–यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भएको छ।
बुधवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिएका हुन्।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले पारित गरेको कार्य योजनामा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ।
यसवर्ष विपद्बाट देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। त्यस्तै, चोभार गल्छीको साँघुरो भाग बढेको कारण उपत्यकामा जनधनको क्षति हुनसक्ने आकलन गर्दै सेनाको सहयोगमा सो अवरोध हटाउने निर्णय गरिएको उपसचिव केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।