काठमाडौँ–नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणी आचार्य अवकाशमा गएका छन्। उनी कार्य विभागको प्रमुख थिए।
एआईजीको ५६ वर्षे उमेरहदका पुरा गरेर उनी अनिवार्य अवकाशमा गएका हुन्।
आचार्यलाई प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी प्रधान कार्यालयबाट बिदाई गरेका छन्। आचार्यको रिक्त पदमा यसअघि नै डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। शाह अहिले विशेष ब्यूरोमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।