काठमाडौँ–संसद्को शिक्षा समिति अन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ।
छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले शिक्षा समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो।
१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको समिति संयोजक विश्वकर्माले जानकारी दिए ।
त्यस्तै १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको संयोजक विश्वकर्माले बताए ।
उपसमितिले निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषयमा उपसमितिले निर्णय गर्न सकेको छैन। ती विषयहरू समितिमै फर्काइएको संयोजक विश्वकर्माले बताए । उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ।
याेसँगै आजकाे समितिकाे बैठक सकिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।