• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नेपालमा सुर्तीजन्य पदार्थः कम कर, बढी असर

64x64
लक्ष्मी चौलागाईं शुक्रबार, जेठ २, २०८२  १०:२०
1140x725

काठमाडौँ – नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एशियाको मुलुकहरुको सूचीमा पहिलो नम्बरमा पर्दछ ।

करको दर कम भएकै कारण प्रयोगकर्ता घटाउन मुस्किल भइरहेको यस क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । करको दर कम हुँदा सुर्तीजन्य पदार्थको मूल्य पनि कम हुने र त्यसले आम सर्वसाधारणका लागि सहज उपलव्धता हुने उनीहरुको भनाई छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा फोकल पसर्नका रुपमा समेत काम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करको दर अहिले ३४.५३ प्रतिशत हो । जबकी छिमेकी भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर लगाएका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्‍याउँन पर्छ भनेर सुझाव दिदै आइरहेको छ । एकातिर नेपालीको औसत आय बृद्धि भैरहेको छ भने अर्कोतिर सुर्तीजन्य पदार्थको कर दर कम भएकोले यसको उपभोगमा कमि ल्याउन सकिरहेको छैन ।

मन्त्रालयका सूचना अधिकारी डा केसी भन्छन्, यसपटक पनि हामीले सुर्तीजन्य पदार्थमा करको दर बढाउनका लागि अर्थ मन्त्रालय समक्ष जोडदार माग गरेका छौँ । पत्राचार गरिसकेका छौँ । उनले अहिले भएको करको दर भन्दा दोब्बर बढी अर्थात करको दर ७० प्रतिशत माथि पुर्‍याउँन अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । अहिल्यै यकिन गर्न त गाह्रो कुरा हो तर केही न केही भने बढ्नेमा हामी आशावादी छौं,’ उनले भने । 

सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारले सुर्तीजन्य  पदार्थमा लाग्ने कर बढाउनका लागि पहल गर्नुपर्ने बताए।‘सरकारको फितलो कार्यान्वयनका कारण नेपालमा यसको प्रयोगकर्ता बढ्दै गएको छ’,उनले भने, ‘सरकारले भएका कानून कार्यान्वयन गरी करलाई बढाउने हो भने यसको प्रयोगकर्ता घटाउन सकिन्छ।’

एक्सन नेपालकै अनुसन्धान अधिकृत डा. पामिर गौतमले सुर्तीजन्य पदार्थमा कर बढाउँदा हुने फाइदाबारे कुरा गर्दै भन्छन्, ‘विश्वका विभिन्न अध्ययन्हरुले देखाएको छ कि सुर्तीजन्य पदार्थमा करको दर १० प्रतिशत बृद्धि हुँदा नेपाल जस्तो विकासोन्मुख मुलुकमा ६ प्रतिशतले उपभोग घट्छ । अनि जब करको दर बढ्छ त्यसले राजश्वमा चाहि बृद्धि हुन्छ । यो कुरा नीतिगत तहमा रहने व्यक्तिहरुले कहिले बुझ्ने होला ? प्रतिप्रश्न गर्दै उनले भन्छन् ।’ 

उनले यसपटक पनि विभिन्न अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्यांक समेत समेटेर सरकारलाई सुर्तीजन्य पदार्थमा करको दर बढाउन सरकारको ध्यानाकर्षण गराएको बताए । विश्वको तथ्यांक केलाउँदा सुर्तीजन्य पदार्थको कुल सेवनकर्ताको ८० प्रतिशत न्युन तथा कम आय भएका मुलुकका बासिन्दा छन् । नेपाल न्युन तथा कम आय भएको मुलुकको सूचीमा पर्ने भएकोले पनि यो तत्थ्यलाई गम्भीरताका साथ हेर्नुपर्नेमा डा गौतमको जोड छ । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्येक वर्ष २८ हजार १ सय १० जना व्यक्तिको मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा बार्षिक ३९ हजार २०० व्यक्तिको ज्यान जाने गरेको छ । यो सङ्ख्या नेपालको कुल मृत्युको लगभग ११ प्रतिशत हुन आउँछ । डब्लुएचओले यो तथ्यांकलाई भयावह भन्दै न्युनिकरणको उपायहरु चालिहाल्न भनेको छ । त्यसको एउटा उपायमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बृद्धि हो । 

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न किसिमका नसर्ने रोगहरू फोक्सोको क्यान्सर, श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, घाँटी, मिर्गौला लगायतका २० भन्दा धेरै क्यान्सर बनाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।

एकातिर ठूलो संख्यामा मानवीय क्षति हुने अर्को तिर यसका कारणले लाग्ने कडा रोगको उपचारमा ठूलो रकम खर्च हुने । नागरिक अस्वस्थ बन्ने दर बढ्ने । यसले चौतर्फी रुपमा समस्या निम्याएको छ । स्वास्थ्य कर कोष सचिवालयका सदस्य सचिव गोपिकृष्ण रेग्मी भन्छन्, त्यसैले पनि राज्यले यसलाई गम्भीरताका साथ हेर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा सम्बन्धित पक्षसंग छलफल गर्ने र ध्यानाकर्षण गराउने काम गरिरहेको छ । 
 
सुर्तीजन्य पदार्थको सेवनले ३०–४० प्रतिशत क्यान्सरको जोखिम बढाउँछ  डा. वाईपी सिंह 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल लगायत दक्षिण एसियाली मुलुकमा सुर्तीजन्य पदार्थको सेवनकर्ता बढ्दै जाँदा मुखको क्यान्सरका बिरामीहरु बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. वाईपी सिंह बताउँछन् । खैनी,सुर्ती सेवनले जिब्रो, ओठ तथा गिजाको क्यान्सर हुने सम्भावना बढ्ने उनले जानकारी दिए।धुम्रपानका कारण फोक्सो तथा  क्यान्सर हुने सम्भावना बढ्ने उनले बताए । निष्क्रिय सेवनकर्ता अर्थात् सुर्तीजन्य पदार्थको प्रयोग नगरेपनि उनीहरुको नजिकमा बस्ने व्यक्तिमा समेत क्यान्सर जोखिम बढ्ने डा सिंह बताउँछन् । 

सूर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वासमा असर पर्ने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्याधिक रहने वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा अशेष ढुङ्गाना बताउँछन् । उनका अनुसार ९० प्रतिशत मानिसलाई फोक्सो क्यान्सर धूम्रपानका कारण हुने गर्छ। यति मात्रै नभएर उच्च रक्तचाप भएर मुटुसम्बन्धी दीर्घरोग समेत गराउँछ ।  

उनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगको कारण दमको समस्या , मुख तथा घाँटी, स्वासनलीको क्यान्सर,  रक्तनली बिगार्ने, पाठेघर तथा रगत क्यान्सर हुनसक्छ । यससँगै मस्तिष्कमा समेत गम्भिर असर पर्नसक्छ । गर्भवतीले  प्रयोग गरेमा कम तौल भएका बच्चा जन्मिने, समय नपुग्दै बच्चाको जन्म हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा असर गर्ने तथा गर्भ खेर जाने लगायतका समस्या निम्तिन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लक्ष्मी चौलागाईं
लेखकबाट थप
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्