• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नेपालमा सुर्तीजन्य पदार्थः कम कर, बढी असर

64x64
लक्ष्मी चौलागाईं शुक्रबार, जेठ २, २०८२  १०:२०
1140x725

काठमाडौँ – नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एशियाको मुलुकहरुको सूचीमा पहिलो नम्बरमा पर्दछ ।

करको दर कम भएकै कारण प्रयोगकर्ता घटाउन मुस्किल भइरहेको यस क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । करको दर कम हुँदा सुर्तीजन्य पदार्थको मूल्य पनि कम हुने र त्यसले आम सर्वसाधारणका लागि सहज उपलव्धता हुने उनीहरुको भनाई छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा फोकल पसर्नका रुपमा समेत काम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करको दर अहिले ३४.५३ प्रतिशत हो । जबकी छिमेकी भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर लगाएका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्‍याउँन पर्छ भनेर सुझाव दिदै आइरहेको छ । एकातिर नेपालीको औसत आय बृद्धि भैरहेको छ भने अर्कोतिर सुर्तीजन्य पदार्थको कर दर कम भएकोले यसको उपभोगमा कमि ल्याउन सकिरहेको छैन ।

मन्त्रालयका सूचना अधिकारी डा केसी भन्छन्, यसपटक पनि हामीले सुर्तीजन्य पदार्थमा करको दर बढाउनका लागि अर्थ मन्त्रालय समक्ष जोडदार माग गरेका छौँ । पत्राचार गरिसकेका छौँ । उनले अहिले भएको करको दर भन्दा दोब्बर बढी अर्थात करको दर ७० प्रतिशत माथि पुर्‍याउँन अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । अहिल्यै यकिन गर्न त गाह्रो कुरा हो तर केही न केही भने बढ्नेमा हामी आशावादी छौं,’ उनले भने । 

सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारले सुर्तीजन्य  पदार्थमा लाग्ने कर बढाउनका लागि पहल गर्नुपर्ने बताए।‘सरकारको फितलो कार्यान्वयनका कारण नेपालमा यसको प्रयोगकर्ता बढ्दै गएको छ’,उनले भने, ‘सरकारले भएका कानून कार्यान्वयन गरी करलाई बढाउने हो भने यसको प्रयोगकर्ता घटाउन सकिन्छ।’

एक्सन नेपालकै अनुसन्धान अधिकृत डा. पामिर गौतमले सुर्तीजन्य पदार्थमा कर बढाउँदा हुने फाइदाबारे कुरा गर्दै भन्छन्, ‘विश्वका विभिन्न अध्ययन्हरुले देखाएको छ कि सुर्तीजन्य पदार्थमा करको दर १० प्रतिशत बृद्धि हुँदा नेपाल जस्तो विकासोन्मुख मुलुकमा ६ प्रतिशतले उपभोग घट्छ । अनि जब करको दर बढ्छ त्यसले राजश्वमा चाहि बृद्धि हुन्छ । यो कुरा नीतिगत तहमा रहने व्यक्तिहरुले कहिले बुझ्ने होला ? प्रतिप्रश्न गर्दै उनले भन्छन् ।’ 

उनले यसपटक पनि विभिन्न अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्यांक समेत समेटेर सरकारलाई सुर्तीजन्य पदार्थमा करको दर बढाउन सरकारको ध्यानाकर्षण गराएको बताए । विश्वको तथ्यांक केलाउँदा सुर्तीजन्य पदार्थको कुल सेवनकर्ताको ८० प्रतिशत न्युन तथा कम आय भएका मुलुकका बासिन्दा छन् । नेपाल न्युन तथा कम आय भएको मुलुकको सूचीमा पर्ने भएकोले पनि यो तत्थ्यलाई गम्भीरताका साथ हेर्नुपर्नेमा डा गौतमको जोड छ । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्येक वर्ष २८ हजार १ सय १० जना व्यक्तिको मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा बार्षिक ३९ हजार २०० व्यक्तिको ज्यान जाने गरेको छ । यो सङ्ख्या नेपालको कुल मृत्युको लगभग ११ प्रतिशत हुन आउँछ । डब्लुएचओले यो तथ्यांकलाई भयावह भन्दै न्युनिकरणको उपायहरु चालिहाल्न भनेको छ । त्यसको एउटा उपायमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बृद्धि हो । 

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न किसिमका नसर्ने रोगहरू फोक्सोको क्यान्सर, श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, घाँटी, मिर्गौला लगायतका २० भन्दा धेरै क्यान्सर बनाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।

एकातिर ठूलो संख्यामा मानवीय क्षति हुने अर्को तिर यसका कारणले लाग्ने कडा रोगको उपचारमा ठूलो रकम खर्च हुने । नागरिक अस्वस्थ बन्ने दर बढ्ने । यसले चौतर्फी रुपमा समस्या निम्याएको छ । स्वास्थ्य कर कोष सचिवालयका सदस्य सचिव गोपिकृष्ण रेग्मी भन्छन्, त्यसैले पनि राज्यले यसलाई गम्भीरताका साथ हेर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा सम्बन्धित पक्षसंग छलफल गर्ने र ध्यानाकर्षण गराउने काम गरिरहेको छ । 
 
सुर्तीजन्य पदार्थको सेवनले ३०–४० प्रतिशत क्यान्सरको जोखिम बढाउँछ  डा. वाईपी सिंह 

नेपाल लगायत दक्षिण एसियाली मुलुकमा सुर्तीजन्य पदार्थको सेवनकर्ता बढ्दै जाँदा मुखको क्यान्सरका बिरामीहरु बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. वाईपी सिंह बताउँछन् । खैनी,सुर्ती सेवनले जिब्रो, ओठ तथा गिजाको क्यान्सर हुने सम्भावना बढ्ने उनले जानकारी दिए।धुम्रपानका कारण फोक्सो तथा  क्यान्सर हुने सम्भावना बढ्ने उनले बताए । निष्क्रिय सेवनकर्ता अर्थात् सुर्तीजन्य पदार्थको प्रयोग नगरेपनि उनीहरुको नजिकमा बस्ने व्यक्तिमा समेत क्यान्सर जोखिम बढ्ने डा सिंह बताउँछन् । 

सूर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वासमा असर पर्ने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्याधिक रहने वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा अशेष ढुङ्गाना बताउँछन् । उनका अनुसार ९० प्रतिशत मानिसलाई फोक्सो क्यान्सर धूम्रपानका कारण हुने गर्छ। यति मात्रै नभएर उच्च रक्तचाप भएर मुटुसम्बन्धी दीर्घरोग समेत गराउँछ ।  

उनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगको कारण दमको समस्या , मुख तथा घाँटी, स्वासनलीको क्यान्सर,  रक्तनली बिगार्ने, पाठेघर तथा रगत क्यान्सर हुनसक्छ । यससँगै मस्तिष्कमा समेत गम्भिर असर पर्नसक्छ । गर्भवतीले  प्रयोग गरेमा कम तौल भएका बच्चा जन्मिने, समय नपुग्दै बच्चाको जन्म हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा असर गर्ने तथा गर्भ खेर जाने लगायतका समस्या निम्तिन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लक्ष्मी चौलागाईं
लेखकबाट थप
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्