काठमाडौँ –काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा आएको छ ।
ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी छ ।
आगलागी दयारामको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।