काठमाडौँ – नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।