टोकियो– जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन्। मन्त्रिपरिषद्का अन्य सदस्यमा खासै हेरफेर गरिएको छैन।
_x000D_
_x000D_
मुख्य सचिव योशीहिदे सुगाले मन्त्रिपरिषदको नयाँ नाम सार्वजनिक गरेका थिए। जापानका विदेशमन्त्रीमा तारो कोनो र अर्थमन्त्रीमा तारो आसो यथावत रहेका छन्।
_x000D_
_x000D_
सन् २०१७ देखि रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका इचुनोरी ओनोदेराको स्थानमा ६१ वर्षीय ताकेसी इवाया नियुक्त भएका छन्। वरिष्ट राजनीतिज्ञ समेत रहेका ताकेसीले यसअघि रक्षा तथा विदेश उपमन्त्रीको रुपमा जिम्मेवारी बहन गरिसकेका छन्।
_x000D_
_x000D_
गत महिना लिबरल डेमोक्रेटिक पार्टीको पुनः अध्यक्ष निर्वाचित भएपछि प्रधानमन्त्री आबेले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री आबेले जापानको पुरानो संविधानमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
_x000D_
_x000D_
‘प्रधानमन्त्री आबेले चुनौती होइन सरकारमा स्थायित्व खोज्नु भएको देखिन्छ,’ निहोन विश्वविद्यालयका प्राध्यापक तोमोआकी इवाईले बताए।
_x000D_
_x000D_
पुनर्गठित मन्त्रिपरिषद्मा सातसुकी कातायामा एक मात्र महिला मन्त्रीका रुपमा नियुक्त भएका छन्। यसअघि २ महिला मन्त्रिमण्डलमा थिए। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।