जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगको कारण प्रदेश सरकारले विकास निर्माणको कार्यलाई गति दिन नसकेको बताएका छन्।
_x000D_
_x000D_
जनकपुरमा सोमबार जलस्रोत तथा सिचाई डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने– यो कार्यलय ६ महिना पहिले उद्घाटन गर्नुपर्ने थियो तर संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण ढिलो भयो। प्रदेश सरकारलाई काम गर्नै समस्या भयो।'
_x000D_
_x000D_
मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरिरहेको आरोप लगाए। एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्दै उनले त्यो मानसिकतामा परिवर्तन ल्याउन आग्रह समेत गरे।
_x000D_
_x000D_
संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा प्रदेश सरकारको कामकाज अवरुद्ध अब नहुने बताउँदै राउतले प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा लगिसकेको छ। संघीय सरकारले एक महिनाभित्र आवश्यक कर्मचारी नपठाए आफैं कर्मचारी भर्ना गर्ने बताए।
_x000D_
_x000D_
विकास निर्माणको कार्यमा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने– हामी विकास निर्माणको कार्यमा न ढिला सुस्ती सहन्छौं, न त अनियमितता नै। चाहे त्यो कर्मचारीबाट होस् वा राजनीतिक कर्मीबाट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।