काठमाडौँ –नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीका रुपमा सम्मानित भएकी छिन् । शनिबार योङ स्टार फाउण्डेसनले विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफकी बाट खेल्दै आएकी प्रीतिलाई एक लाख नगदसहित सम्मान गरेको हो ।
योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरेका थिए । सिंहले महिला लिग र फुटबलमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको एन्फा महिला लिगमा प्रीतिको सानदार प्रदर्शनसँगै एपिएफले लगातार तेस्रोपटक उपाधि उचालेको थियो । योङ स्टार फाउन्डेसनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँग सहकार्य गर्दै खेलाडी छनोट गरेको हो ।
प्रीतिले यो सम्मानले खेलकुदमै लाग्न हौसला बढेको बताइन् । ‘यो सम्मानले एकदमै खुशी लागेको छ । यस्ता सम्मानले गर्दा महिला खेलाडीलाई खेलमै केन्द्रित रहन सहयोग पुग्नेछ,’ उनले भनिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।