• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

पहिले पनि त्यस्तो घटना घटिसकेको अनुभूति अर्थात् डेजा भु: भूत, वर्तमान, कि भ्रम?

64x64
नेपाल लाइभ बुधबार, माघ ३०, २०८१  २१:२४
1140x725

हिजो भर्खरै रिलिज भएको फिल्म हेर्न म साथीहरुसँग सिनेमा हल गएको थिएँ। फिल्म धेरै धमाकेदार थियो। कहिले अन्तराल भयो पत्तै पाइएन। बाहिर गएर दुई बोटल पानी र तिन प्याकेट पपकर्न लिएर फेरी हल भित्र छिरियो। १० मिनेट जस्तो पछि मलाई यस्तो महसुस भयो कि मैले यो फिल्म पहिल्यै हेरिसकेको छु। उही साथीहरु, उही बोटलको पानी, उही पपकर्नका कागजका झोलाहरु र उही फिल्म, जुन पहिल्यै हेरेको हुनै सक्दैन, किनकि फिल्म हिजो मात्रै रिलिज भएको थियो र त्यो फिल्म कुनै रिमेक पनि थिएन।

यो पहिलोचोटी हैन मलाई यस्तो भएको। ५-६ महिना अघि पनि मलाई पहिलो चोटी गएको ठाउँ पहिल्यै गइसकेको महसुस भएको थियो। यस्तो अवस्थालाई डेजा भु भनिन्छ। यो एक फ्रेन्च शब्द हो, जुन भनेको पहिल्यै भैसकको वा देखिसकेको अवस्था हो। यो मलाई मात्र हैन क्लेबल्याण्ड क्लिनिकद्वारा प्रकाशित 'डेजा भु: यसको अर्थ र किन हुन्छ?' शीर्षक लेखअनुसार, संसारको ९७ प्रतिशत मानिसहरुलाई आफ्नो जीवनमा कम्तिमा एकपटक डेजा भु भएकै हुन्छ। डेजा भु सम्बन्धी अनुसन्धानका लागि प्रख्यात अनुसन्धानकर्ता डा अकीरा ओ कनर भन्छिन्, 'डेजा भु अचम्मको हुन्छ। वैज्ञानिक रूपमा भन्नुपर्दा, यो कुनै अपरिचित चीजलाई अनावश्यक रूपमा परिचित महसुस गर्ने अनुभव हो। तर, मानिसहरूलाई सबैभन्दा रोचक लाग्ने कुरा के हो भने, तपाईंको स्मृतिले एउटा कुरा भनिरहेको हुन्छ, तर तपाईंले बुझ्दै जाँदा थाहा हुन्छ कि त्यो स्मृतिले दिएको जानकारी गलत हो।' 

क्लीभल्यान्ड क्लिनिक मेन क्याम्पसको एपिलेप्सी केन्द्रमा कार्यरत डा. जिन खौरी भन्छन्, 'डेजा भु एक गलत परिचित महसुसीकरण हो। 'तपाईंको मस्तिष्कले यस्तो अनुभूति सिर्जना गर्छ, मानौँ तपाईंले कुनै परिस्थितिलाई पहिल्यै बाँचिसक्नु भएको छ, तर तपाईं त्यसलाई आफ्नो स्मृतिबाट झिक्न सक्नुहुन्न र वास्तविक अवस्था पहिचान गर्न पनि सक्नुहुन्न।' 

कुनै अवस्थासँग परिचित हुनु र कुनै अवस्थासँग परिचित हुनु हुँदैन भन्ने तथ्यमा असंगताता हुन्छ। यो सधैँ एउटै रुटको बस चढेर बाटोमा भएका दृश्यहरुसँग परिचित हुनु जस्तो हैन, डेजा भु भनेको पहिला कहिले नगएको दृश्यहरु ठ्याक्कै पहिल्यै देखिसकेको महसुस हुनु हो। यद्यपी यो सम्भव नै हुँदैन किनकी तपाईं त्यो बाटो कहिल्यै हिँड्नु नै भएको छैन र त्यो दृश्य पहिले कहिले देख्नु नै भएको छैन।

तरपनि, वैज्ञानिकहरू सोच्छन् कि डेजा भुले वास्तवमा हाम्रो स्मृति प्रणाली कसरी काम गर्छ भन्ने झलक दिन्छ, जब यो अलि असन्तुलित हुन्छ। डा. कनर भन्छन्, 'जब मस्तिष्कको कुनै भाग, जसले परिचित अवस्थाहरू चिन्छ, अनुचित रूपमा सक्रिय हुन्छ तब यो अनुभूति उत्पन्न हुन सक्छ।'

जब यस्तो हुन्छ, मस्तिष्कको अर्को भागले त्यस परिचयको अनुभूतिलाई विगतका अनुभवहरूसँग गाभ्न प्रयास गर्छ। तर जब कुनै वास्तविक मेल भेटिँदैन, त्यसको नतिजा स्वरूप 'पहिल्यै देखिसकेको छु' भन्ने असहज अनुभूति उत्पन्न हुन्छ, जुन तपाईंलाई थाहा हुन्छ कि वास्तवमा भएको थिएन।

डेजा भु को कारणहरू
क्षणभरमै हराउने यस्तो अनुभवलाई प्रयोगशालामा पुनः सिर्जना गर्नु चुनौतीपूर्ण छ। जबकि डेजा भुको ठोस कारण अझै निश्चित छैन, वैज्ञानिकहरूले यसका सम्भावित व्याख्याहरू मात्र दिएका छन्। डा. ओ कनरले भने, 'डेजा भु हुँदा मस्तिष्कको संरचनाको बारेमा तपाईंले बुझेको हुनुपर्छ।'

मस्तिष्कको मेडियल टेम्पोरल लोब, जुन गालाको हड्डी र कान नजिक अवस्थित हुन्छ, स्मृति जम्मा गर्ने र चिजहरु सम्झने क्षमतासँग जोडिएको हुन्छ। मस्तिष्कको अर्को भाग, जुन निदारको अगाडि रहेको फ्रन्टल कोर्टेक्स हो, उच्च स्तरको संज्ञानात्मक कार्यहरू जस्तै तर्क दिने, निर्णय लिने, र तथ्य जाँच्ने कार्यमा संलग्न हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कहिलेकाहीँ, कुनै कारणले गर्दा मेडियल टेम्पोरल लोबमा समस्या आउँछ, जसले परिचित महसुस गराउने स्मृति संकेतलाई ट्रिगर गर्छ। यसले मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउँछ र तपाईंले यो स्थान, घटना, वा अवस्था पहिल्यै अनुभव गरिसकेको भन्ने झुटो संकेत दिन थाल्छ। त्यसपछि, यो संकेत फ्रन्टल कोर्टेक्समा पुग्छ, जसले यो अनुभव वास्तवमै सम्भव थियो कि थिएन भनेर विश्लेषण गर्छ। जब फ्रन्टल कोर्टेक्सले निष्कर्ष निकाल्छ कि यस्तो अनुभव पहिले भएको थिएन, तब मस्तिष्कले यो अनुभूति त्रुटिपूर्ण भएको सन्देश दिन्छ, जसले डेजा भु चक्र पूरा गर्दछ।

के डेजा भु सामान्य हो?
डा. कनरका अनुसार, डेजा भुको अनुभव उमेर बढेसँगै फरक-फरक हुन सक्छ। मानिसहरूले झन्डै पाँच वर्षको उमेरदेखि डेजा भु अनुभव गर्न सुरु गर्छन्। यो अनुभव सुरुमा बढ्दै जान्छ, २० देखि २५ वर्षको उमेरसम्म उच्च बिन्दुमा पुग्छ, र त्यसपछि मध्य उमेरसम्म क्रमशः घट्दै जान्छ। डेजा भु प्राय साँझपख र सप्ताहन्तमा बढी हुने र अन्य साताका दिनहरूमा भने कम अनुभव गरिने भनेर पनि भनिएको छ। डा. खौरी भन्छन्, हामीलाई अझै डेजा भुको बारेमा अरु कुराहरु थाहा छ तर अनुसन्धानकर्ताहरू भने अझै निश्चित छैनन्, तर केही विशेषताहरू भएका व्यक्तिहरूमा डेजा भु हुने सम्भावना बढी देखिएको छ:

•    उच्च शिक्षित व्यक्तिहरु 
•    धेरै यात्रा गर्नेहरू
•    आफ्ना सपना राम्रोसँग सम्झनेहरू
•    उदारवादी सोच राख्नेहरू

डा. खोरीका अनुसार, "स्वस्थ व्यक्तिहरूमा डेजा भु दुर्लभ घटना हो, सामान्यतया वर्षमा एक-दुई पटक मात्र अनुभव गरिन्छ। तर, यदि यो धेरै पटक दोहोरिन्छ वा अन्य लक्षणहरू (जस्तै, भ्रम, स्मरणशक्ति गुम्ने, वा बेहोस हुने) सँगै देखा पर्छ भने चिकित्सकीय जाँच गराउनु आवश्यक हुन्छ।

Xtrem

Xtrem

तर डा. कनर भन्छन्, डेजा भु सामान्यत: सकारात्मक संकेत हुन सक्छ। यो अनुभव हुनुको अर्थ मस्तिष्कको तथ्य-जाँच गर्ने भाग ठीकसँग काम गरिरहेको छ, जसले गर्दा तपाईंले घटनाहरूलाई सही तरिकाले सम्झन सक्नुहुन्छ। मानिसहरू प्राय डेजा भुलाई स्मरणशक्ति सम्बन्धी त्रुटि भनेर लिन्छन् र त्यसले चिन्ता उत्पन्न गर्न सक्छ। तर, समग्र रूपमा हेर्दा, यो स्वस्थ मस्तिष्क र मानसिक क्षमताको संकेत हो।

जमैस भु: डेजा भुको उल्टो अनुभव
डेजा भु मात्र होइन, जमैस भु पनि स्मृतिसँग सम्बन्धित अर्को रोचक अनुभव हो। जमैस भुको अर्थ ‘कहिल्यै नदेखिएको’ जस्तो महसुस हुनु हो। यसको मतलब एकदमै परिचित चीज वा ठाउँ पनि अचानक अपरिचित जस्तो लाग्न सक्छ।

डेजा भु के दौरा (सिजर/इपिलेप्सी) हो?
डेजा भु हुनु आफैं दौरा (सिजर/इपिलेप्सी) होइन, तर केही अवस्थामा टेम्पोरल लोब इपिलेप्सीको लक्षण हुन सक्छ। टेम्पोरल लोब इपिलेप्सी भनेको मस्तिष्कको टेम्पोरल लोबमा सुरु हुने एक किसिमको दौरा सम्बन्धी समस्या हो। टेम्पोरल लोब मस्तिष्कको तल्लो भागमा, कानको पछाडि अवस्थित हुन्छ र मस्तिष्कको मध्यभागसम्म फैलिएको हुन्छ।

टेम्पोरल लोब भित्र रहेको हिप्पोक्याम्पस, जसले स्मरण र सचेत सम्झनामा भूमिका खेल्छ र प्याराहिप्पोक्याम्पल गाइरस, जुन टेम्पोरल लोबमा पनि हुन्छ, जसले चिनजान छुट्याउनमा भुमिका खेल्छ। जब तपाईंलाई इपिलेप्सी हुन्छ, सामान्यतया हिप्पोक्याम्पस र  प्याराहिप्पोक्याम्पल गाइरसमा अवरोध आउँछ, जसले गलत रूपमा परिचित अनुभव आउन सक्छ। डा. खौरीले व्याख्या गर्छन्। 

टेम्पोरल लोब इपिलेप्सीका लक्षणहरू:
यदि डेजा भु निम्न लक्षणहरूसँग आउँछ भने, टेम्पोरल लोब इपिलेप्सी हुन सक्छ:
•    होस गुम्ने 
•    अचानक शरीर हल्लिने वा झट्का आउने 
•    जिब्रो टोक्ने वा पिसाब रोक्न नसक्ने 
•    दौरापछि अन्योलपन 

कहिले डेजा भु समस्या संकेत हुन सक्छ?
सामान्य रूपमा कहिलेकाहीँ अनुभव हुने 'मैले यो ठाउँ पहिल्यै देखिसकेको छु' भन्ने अनुभूति चिन्ताको विषय होइन। तर, यदि डेजा भु धेरै पटक दोहोरिन्छ भने, स्वास्थ्य समस्या संकेत हुन सक्छ। यदि तपाईंको डेजा भु निम्न लक्षणहरूसँग देखा पर्छ भने, चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ:
•    महिनामा धेरै पटक (सालमा २-३ पटक भन्दा बढी) अनुभव हुनु
•    होस गुम्नु 
•    असामान्य, सपना-जस्तै सम्झनाहरू वा दृश्यहरू 
•    अनियन्त्रित चपाउनु, विनाकारण हातगोडा हल्ली रहनु, ढुकढुकी बढ्नु वा डर महसुस हुनु 
डेजा भु एक रोचक अनुभूति हो, जसको कारण अझै पूर्ण रूपमा बुझिएको छैन। यसबारे थप अनुसन्धान आवश्यक छ, तर यसले मस्तिष्कको अद्भुत क्षमतालाई झल्काउँछ।

- विभिन्न स्रोतहरुको सहयोगमा

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्