काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको प्रतितोला चाँदी सोमबार १ हजार ८५० रुपैयाँ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।