धनगढी- राजधानी सारिएको विरोधमा धनगढीमा आह्वान गरिएको आमहड्तालबारे छलफल गर्नका लागि शनिबार बोलाईएको बैठक विना निष्कर्ष टुङगिएको छ।
_x000D_
_x000D_
कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा प्याब्सन, एनप्याब्सन, उद्योगी, व्यवसायीलगायत सरोकारवालाले आम हडताल फिर्ता लिन आग्रह गरेका थिए। उनीहरुले बन्दका कारण सबै क्षेत्रमा असर परिरहेको भन्दै बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई अाग्रह गरेका थिए।
_x000D_
_x000D_
तर, आन्दोलनकारीले भने आम हडताल र बन्द यथावत् रहेको बताएका छन्। आईतबार पनि बन्द र आमहडताल यथावत रहने बताइएको छ।
_x000D_
_x000D_
आईतबार बिहान फेरि छलफल हुने बताईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।