काठमाडौं– ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरिएको छ। बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरू सहकारीको कार्यालय सिल गरेको हो।
कार्यालयका सूचना अधिकारी हरिकृष्ण दाहालका अनुसार सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखा सिल गरिएको हो। सहाकारीको प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल गरिएको हो।
सरकारले यस सहकारीलाई गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।