दाङ- माटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्न गएका एकैघरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।
_x000D_
_x000D_
राप्ती गाउँपालिका ४ मौरीघाटका ३० वर्षकी श्यामाकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र १२ वर्षीया रोजिना चौधरीको मृत्यु भएको हो।
_x000D_
_x000D_
दसैंका लागि घर पोत्ने माटो लिन दोलइ खोलामा पुगेका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरि निरीक्षक पाण्डेल बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।