बुटवल- महिला हिंसाको अर्को कारक अश्लील वेबसाइट भएकाले गृहको सुझाव अनुरुप त्यसमा सञ्चार मन्त्रालयले त्यस्ता साइट बन्द गर्न कडाइ सुरु गरिसकेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
_x000D_
_x000D_
रुपन्देहीको बुटवलमा आज 'लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण सचेतना एवं अन्तर्क्रिया कार्यक्रम'मा बोल्दै उनले वडास्तरमै लागुऔषध निषेध र मदिरा नियन्त्रण समिति बनाउने गृहको कार्ययोजना रहेको जानकारी दिए। 'स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी अघि बढ्ने योजना छ,' उनले भने, 'यो अभियानपछि योजनाले सार्थकता पाउनेछ।'
_x000D_
_x000D_
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यस्ता कार्यक्रम जनस्तरमा लैजान नसके भावी पुस्ताको ठूलो संख्या कुलतमा जोगिने भनाइ राखे। 'यसमा विगतमा कम ध्यान दिइयो। अब आक्रामक रुपमा जान्छौं,' उनले भने।
_x000D_
_x000D_
लागुऔषध तस्करको होस उड्ने गरी काम गर्न पनि प्रदेशका प्रहरी अधिकारीलाई निर्देशन दिए।
_x000D_
_x000D_
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, स्थानीय जनप्रतिनिधि, जिल्ला र प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु सहभागी छन्। महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र यसको कारक मदिरा, लागुऔषध रहेको ठहर गर्दै गृह मन्त्रालयले सातै प्रदेशमा आजबाट अभियान सुरु गरेको हो। भोलि प्रदेश १ को सुनसरीको इटहरीमा, १७ गते प्रदेश ३ को चितवनमा कार्यक्रम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।