काठमाडौं– २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त भएका राजधानीका २ विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।
_x000D_
_x000D_
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र काठमाडौं जिल्ला आयोजना कार्यान्वयन एकाइले शुक्रबार काठमाडौंका पुनर्निर्माण सम्पन्न २ विद्यालय हस्तान्तरण गरेको हो।
_x000D_
_x000D_
दक्षिणकाली नगरपालिका–८ स्थित कृष्ण माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित सेतीदेवी माध्यमिक विद्यालयको ४ कोठे आरसिसी भवन विशेष कार्यक्रम गरी विद्यालय समितिलाई हस्तान्तरण गरिएको हो। श्रीकृष्ण माध्यमिक विद्यालय ६४ लाख ६७ हजार र सेतीदेवी मावि ६४ लाख ८५ हजार ५ सय ९६ रुपैयाँ लागतमा निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।