काठमाडौं– नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा सञ्चालन गरिएको विपद व्यवस्थापन सम्बन्धी ४ दिने तालिम बिहीबार सम्पन्न भएको छ।
_x000D_
_x000D_
राजधानीको एक होटलमा आयोजित कार्यक्रममा विभिन्न १३ देशका सेना, विभिन्न मन्त्रालयका कर्मचारी, रेडक्रसका प्रतिनिधि, विभिन्न संघ–संस्था लगायत ३ सय २ जनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।
_x000D_
_x000D_
कार्यक्रममा प्राकृतिक विपदका बेला छोटो समयमा कसरी उद्धार गर्ने, जनधनको क्षति कसरी कम गर्नेलगायत बारेमा अभ्यास गराइएको नेपाली सेनाले जनाएको छ।
_x000D_
_x000D_
अभ्यासका क्रममा खोज, उद्दार, घाइतेहरुको उपचार लगायतका बारेमा तालिम दिइएको थियो। कार्यक्रमको समापन बलाधिकृत रथी हेमन्तराज कुँवरले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।