एजेन्सी– इन्डोनेसियामा शुक्रबार ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ। पहिलो धक्का महसुस भएपछि पटक–पटक परकम्प गइरहेको बताइएको छ।
_x000D_
_x000D_
स्थानीय समय अनुसार साँझ ६ बजे सुलावसी क्षेत्रमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले जनाएको छ।
_x000D_
_x000D_
ठूलो भुकम्प गएसँगै मानवीय र भौतिक क्षति भएको आशंका गरिएको छ। समाचार संस्था एपीले धेरै घरहरु भत्किएको जनाएको छ।
_x000D_
_x000D_
भूकम्प प्रभावित क्षेत्रका ९ वटा गाउँहरुमा इन्डोनेसियाका अधिकारीहले क्षतिको विवरण संकलन गर्न थालेको बताएका छन्। पराकम्प गइरहेकाले मान्छेहरुको भागदौड अहिले पनि चलिरहेको बताइएको छ।
_x000D_
_x000D_
नेसनल डिजास्टर मिटिगेसन एजेन्सीका प्रवक्ता सुतोपो पुर्वो नुगुरोले भूकम्प प्रभावित क्षेत्रमा सम्पर्क टुटेकाले थप कठिनाइ भएको बताएका छन्।
_x000D_
_x000D_
नुगुरोका अनुसार हालसम्म १ जनाको मृत्यु भएको तथा दजर्नौं घाइते भएको अनुमान गरिएको छ।
_x000D_
_x000D_
इन्डोनेसियामा यसभन्दा अघि सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा २ लाख ३० हजार मानिसको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।