काठमाडौं।राष्ट्रिय सूचना आयोगले प्रदान गर्ने उत्कृष्ट सूचना अभियन्ता पुरस्कारबाट यस वर्ष सामूदायिक सूचना समाज कास्कीका अध्यक्ष दीपक आचार्यलाई प्रदान गरिएको छ।
_x000D_
_x000D_
शुक्रबार आयोगको कार्यालयमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले आचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। उनलाई ३० हजार नगदसहितको कदरपत्र प्रदान गरिएको हो।
_x000D_
_x000D_
आयोगले तीन वर्ष यता देशभरबाट सूचनाको अधिकार सम्बन्धी क्रियाकलापमा सक्रिय अभियन्तालाई यस्तो पुरस्कार प्रदान गर्दै आएको छ।
_x000D_
_x000D_
कार्यक्रममा प्रधानन्यायधिश मिश्रले नेपालमा सूचनाको हकको संबैधानिक सुनिश्चितता स्थापित हुँदै गएको बताए। सूचनामा नागरिकको सर्वव्यापी पहुँचका लागि आयोगले खेलेको भूमिको प्रसंसा गरे। आयोगको कार्यलाई कानुनको पालनासँगै थप व्यवसायीक बनाउनुपर्नेमा उनको जोड थियो।
_x000D_
_x000D_
आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने भन्दै सूचना प्रवाह गर्ने बिषयमा हस्तक्षेप हुन नहुने बताए। दिवसका अवसरमा आजैदेखि आयोगले सूचना इजलास पनि स्थापना गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।