काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ। महाशाखा कार्यालयमा शुक्रबार सुरक्षा योजना सार्वजनिक गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले ठूला दूरीको सवारी साधनमा अनिवार्य रुपमा २ जना चालक हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने बताए।
_x000D_
_x000D_
दशैंमा सवारी साधनहरुले क्षमताभन्दा बढी भार बोक्ने र दुर्घटना निम्तिने गरेकाले तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई ठाउँको–ठाउँ काराबाही गर्ने बताए।
_x000D_
_x000D_
नागढुंगा–मुग्लिन सडकखण्डमा ठूला सवारी बिग्रिएको अवस्थामा त्यस्ता सवारी सडकबाट हटाउन क्रेनको समेत व्यवस्था गरिएको छ। ४० टन क्षमताको सो क्रेन सवारी बिग्रिएर सडक अवरुद्ध गरेको खबर पाउनासाथ परिचालन गरिने एसएसपी पन्तले बताए। यसबाट घन्टौं लामो जाम बस्नुपर्ने अवस्थाबाट यात्रुहरुले मुक्ति पाउने दाबी गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यस्तै, नियमित सवारी चेकिङलाई पनि अझै कडाइका साथ लागू गर्ने महाशाखाले जनाएको छ। चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न १३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रु ठगिने, टिकट नपाउने लगायतका समस्या आइपरे सम्पर्क गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
_x000D_
_x000D_
त्यसैगरी, मापसे चेकिङ, उपत्यका बाहिरिने नाकामा कडाइका साथ चेकिङ, टिकट काउन्टमा हुने ठगी रोक्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने एसएसपी पन्तले जानकारी दिए। फर्जी टिकट काट्नेमाथि कारबाही तथा मापसे गरेर सवारी चलाए तत्काल अर्को चालकको व्यवस्था गर्ने पनि ट्राफिक महाशाखाले जनाएको छ।
_x000D_
_x000D_
सहज यात्राका लागि भन्दै महाशाखाले १ हजार ४ सय ५० ट्राफिक प्रहरी खटाउने भएको छ। एसएसपी पन्तले भने, ‘यदि खटाइएका जनशक्ति कम हुने देखिएमा संख्या थप गरिने छ।’
_x000D_
_x000D_
दसैंअघि हरेक वर्ष २५ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिने र सधैंजस्तो टिकटको अभाव हुने यात्रुको गुनासो रहँदै आएको छ। टिकट अभावको अन्त्य गर्न ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवसायी महासंघसँग चाडपर्व लक्षित गर्दै थप नयाँ गाडी सञ्चालनमा ल्याउनसमेत अनुरोध गरेको छ।
_x000D_
_x000D_
गतवर्षको दसैंमा ४ सय सार्वजनिक सवारी थप गरिएको थियो। यस वर्ष पनि सोही हाराहारीमा बस थप्ने तयारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।