काठमाडौं- प्राडा गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन नभए १६औं अनसन बस्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
१५औं अनसनका क्रममा नेकपा नेता सुवास नेम्वाङ सहभागी भएर गरिएको सम्झौतालाई बेवास्ता गरिएको भन्दै सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
_x000D_
_x000D_
राजधानीमा पत्रकार सम्मेलन गरी केसीले चिकित्सा क्षेत्र सुधारका लागि भएको सम्झौताविपरीत विभागीय मन्त्रीहरु नै लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारले पटकपटक धोका दिएको भन्दै केसीले सरकारलाई जवाफदेही बनाएर छोड्ने दृढता व्यक्त गरे।
_x000D_
_x000D_
सधैं एकै प्रकारको मागका लागि अनसन बस्नु लज्जास्पद भएको उनले बताए। चिकित्सा क्षेत्र सुधारका लागि लडेको बताउँदै उनले भने, ‘नेतृत्व लिनका लागि अनसन बसेको होइन।’
_x000D_
_x000D_
शिक्षा र स्वाथ्यलाई क्षेत्रलाई कमाउने काममा प्रयोग भएको भन्दै उक्त कार्य अपराध भएको केसीले बताए।
_x000D_
_x000D_
'सत्याग्रहका माग पूरा नगरी सरकारले ३ करोड नेपालीलाई धोका दिएको छ,' उनले भने।
_x000D_
_x000D_
कारबाही गर्नका लागि माग राखिरहँदा सरकारले तीर्थ खनीयाँलाई विभूषण दिएकोप्रति पनि उनले आपत्ति जनाए।
_x000D_
_x000D_
डा केसीले जारी गरेकाे प्रेस विज्ञप्ति:
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।