काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गते देखि हुनेछ।
एनएसइएम र अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएलको नयाँ संस्रकण घोषणा गर्नु पाउनु सुखद भएको बताएको छ।
एनएसएलअघि नेपालले मार्च २५ अर्थात चैत १२ गते एएफसी एसियन कप तेस्रो चरण छनोट अन्तर्गत घरेलु मैदानमा मलेसियासँग खेल्नेछ।
पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।