राजविराज– बिचौलियाबाट सेवाग्राहीलाई संरक्षण गर्न उच्च अदालत जनकपुरको राजविराज इजलासले बिहिबारदेखि परिचयपत्र लागू गरेको छ। बिचौलियाको चलखेल नियन्त्रण गर्दै न्यायिक प्रक्रियामा नागरिकको पहुच वृद्धि गरी सरल र सहज सेवा प्रदान गर्न परिचय लागू गरिएको हो। प्रभावकारी न्यायिक प्रक्रियाको कार्यान्वयनका लागि ‘नियमित प्रयोगकर्ता परिचयपत्र’ लागु गरिएको हो।
_x000D_
_x000D_
बिहिबार ४१ जना लेखापढी व्यवसायीलाई परिचय पत्र वितरण गरिएको छ। व्यवसायीले अनिवार्य रूपमा परिचय पत्र प्रयोग गर्नुपर्ने इजलासले जानकारी दिएको छ। परिचय पत्र लागू भएसँगै बिचौलियाबाट सेवाग्राहीले उन्मुक्ति पाउने तथा न्याय सम्पादन छिटो छरितो, मर्यादित र थप प्रभावकारी बन्ने वरिष्ठतम न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताए।
_x000D_
_x000D_
‘सेवाग्राहीलाई अनावश्यक आर्थिक भार र झन्झटबाट जोगाउन परिचय पत्र लागू गर्नुको प्रमुख उदेश्य हो’ उनले भने ‘बिचौलियाको चलखेल नियन्त्रणले कार्यसम्पादन पनि चुस्त हुने विश्वास हामीले लिएका छौ।’
_x000D_
_x000D_
न्याय सम्पादन प्रभावकारी नहुँदा र आवश्यकताअनुसार जनशक्तिको नहुँदा गत आर्थिक वर्ष ३१ प्रतिशत मुद्दा मात्रै फस्र्योट भएको बताए। श्रेष्ठले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार मुद्दा किनारा लगाउने उपायमध्ये ‘परिचय पत्र’ पनि एक भएको उनले बताए।
_x000D_
_x000D_
अदालतले पेसीसूची, मुद्दाको प्रक्रियागत विवरण, निवेदनको ढाँचा लगायतका बारेमा पनि जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।