काठमाण्डौं- सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ सुरु गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच सो अभियान शुभारम्भ गरेका हुन्। दूध, खानेपानी र खाने तेललगायतका वस्तुको स्वच्छता र गुणस्तरबारे व्यापक जनचेतना फैल्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको मन्त्री खनालले स्पष्ट पारे।
_x000D_
_x000D_
प्रदेश सरकार र अाम उपभाेक्तालाई समेत सरकारले चालेकाे काममा सहयोग गर्न उनले अाग्रह गरे। भर्खरै बनाइएको दूधसँग सम्बन्धित निर्देशिका लागू गराउन पनि मातहतका निकायलाई उनले सचेत गराए।
_x000D_
_x000D_
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। नेपालमा खाद्य स्वच्छताको अवस्था नराम्रो भएपछि सरकारले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभियान संचालन गर्नु परेको उनले बताए।
_x000D_
_x000D_
कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य वस्तुमा मिसावट हुन नदिन स्थानीय र प्रदेश सरकारलाई पनि व्यापक अभियान संचालन गर्न आग्रह गरिन्। दसैंको मुखमा खाद्य वस्तुमा मिसावट हुन नदिन सरकारले खाद्य स्वच्छता तथा गुणस्तर अभियान सूरु गर्नु परेको उनको धारणा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।