धनकुटा- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन ताेक्ने काम हतारमा गर्नु उपयुक्त नहुने बताएका छन्। धनकुटामा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने बताएका हुन्। केही ढिला भएपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावना सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिने बताएका हुन्।
_x000D_
_x000D_
प्रदेश १ लाई सबल र समृद्ध बनाउने सरकारको उद्देश्य भएकाले दुई तिहाइको बलबाट टुङ्गो लगाउने कसरतमा आफू नलागेको बताउँदै उनले चालू प्रदेशसभाबाट नै सहमतिमा नामाङ्कन र राजधानी तोकिने बताए।
_x000D_
_x000D_
प्रदेशको राजधानी कहाँ हुने र नामाङ्कन के हुने भन्ने कुराले प्रदेशको समुन्नतिमा खासै अर्थ नराख्ने भन्दै उनले प्रदेश सरकार जिम्मेवार भएर सबै क्षेत्रको विकासमा लाग्ने बताए। मुख्यमन्त्री राईले सडक चौडा बनाउने, स्मार्ट सिटी स्थापना गर्ने, औद्योगिक, पर्यटन र कृषि क्षेत्र स्थापना गरी प्रदेश समृद्ध बनाउने अभियान प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।