काठमाडाैं– राष्ट्रिय सभाको दोस्रो अधिवेशन बिहीबारबाट सकिएको छ। दोस्रो अधिवेशनका लागि राष्ट्रिय सभाको पहिलो बैठक वैशाख २३ मा शुरु भएको थियो। बिहीबारबाट सकिएको बैठक जम्मा एक सय ३५ दिन सञ्चालन भएको थियो। यस अविधिमा ५२ दिनमा ६१ बैठक बसेको थियो।
_x000D_
_x000D_
राष्ट्रिय सभा नियमावली २०७५ लाई संशोधनसहित पारित गरिएसँगै अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको थियो। यसैबीचमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित भएको छ।
_x000D_
_x000D_
दोस्रो अधिवेशन अवधिमा राष्ट्रिय सभामा उत्पत्ति भएका ८ वटा विधेयकमध्ये पाँच विधेयकह दुवै सदनले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। तीन विधेयक राष्ट्रियसभाबाट पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ।
_x000D_
_x000D_
प्रमाणीकरण भएका विधेयक
_x000D_
_x000D_
१ बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५
_x000D_
_x000D_
२ वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५
_x000D_
_x000D_
३ अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५
_x000D_
_x000D_
४ बालबालिकासम्बन्धी विधेयक, २०७५
_x000D_
_x000D_
५ अपराध पीडितको संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
_x000D_
_x000D_
ख राष्ट्रिय सभाबाट पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका विधेयकहरु
_x000D_
_x000D_
१ मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५
_x000D_
_x000D_
२ प्रशासकीय अदालतको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
_x000D_
_x000D_
३ संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५
_x000D_
_x000D_
त्यसैगरी यस अधिवेशन अवधिमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएका १९ वटा विधेयकहरु सभाबाट पारित गरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।