काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मसात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीलाई आग्रह गरे। कर्मचारीको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन पनि उनले दिए। प्रतिष्ठानको ३६औं वार्षिकोत्सव समारोहमा बिहिबार सम्बोधन गर्दै मन्त्री पण्डितले इमान्दार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरुलाई सचेत गराए।
_x000D_
_x000D_
मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै कर्मचारीप्रति असन्तुष्टि समेत व्यक्त गरे। कार्यक्रममा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।