काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार असफलतातिर लम्केको भन्दै समयमा ख्याल गर्न आग्रह गरेका छन्।
_x000D_
_x000D_
गच्छादारले सरकार असफल भएको आरोपसमेत लगाए। इतिहासमा यसरी शृंखलाबद्ध बलत्कारका घटना भएको तर गृहमन्त्रीले पहिले पनि हुने गरेको भनेर जवाफ दिएर छुट नपाउने भन्दै उनले सरकारको आलोचना गरे।
_x000D_
_x000D_
प्रधानमन्त्रीले पूर्वपश्चिम रेलमार्ग बन्ने बताउँदै आए पनि आवश्यक पूर्वतयारी नगरिएको प्रति आपत्ति जनाए। 'भोलि नै रेल गुड्छ झैं गरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ,' उनले भने, 'सडकमा गुडाउने हो रेल?'
_x000D_
_x000D_
चिकित्सा शिक्षा विधेयक किन आएन?
_x000D_
गच्छदारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवार नेपाली कांग्रेसले नलिने भन्दै सरकारले जवाफ दिनुपर्ने टिप्पणी गरे।
_x000D_
_x000D_
‘चिकित्सा शिक्षा विधेयक किन आएन भनेर आज नागरिकले प्रश्न सोधेका छन्,’ उनले भने, ‘आज चारपाँच पटक बसेर भए पनि हामीले प्रस्ताव गर्दा किन मानिएन?’
_x000D_
_x000D_
हामी यसप्रति सहमत भएकाले समर्थन गर्न नसक्ने उनले सदनमा जानकारी गराए। ‘यो सरकारको कारण भएको हो,’ गच्छादारले भने, ‘अब डा गोविन्द केसीले अनसनमा उत्रनुभयो भने यसको जिम्मेवार पूर्ण रुपमा सरकार हुनुपर्दछ।’ केसीसँग सहमति गर्ने समयमा छिटै ल्याउने भनेकाले सरकारले यसलाई नल्याईकन जिम्मेवारी पूरा भएको नठहरिने भन्दै उनले अन्तिम समयम्म विधेयकमाथि छलफल नहुनु सरकारको दोष भएको बताए।
_x000D_
_x000D_
शान्ति सुरक्षामा सरकार असफल भएकै हो?
_x000D_
गच्छादारले सरकार शान्ति सुरक्षामा असफल भएको हो भनी सदनमा प्रश्न उठाएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाको सट्टा सदनमा विशेष समय लिएर बोलेका गच्छादारले अहिलेको सरकार पञ्चायतभन्दा पनि कमजोर भएको आरोप लगाए। सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको सत्ता पक्षकै नेतावाट आएको भन्दै उनले पुन: स्मरण मात्र गराएको तर्क गरे। ‘बलात्कार र हत्या हिंसाका घटनामा पञ्चायतकालमा समेत सजाय हुन्थो तर अहिले किन पक्राउ नै हुदैनन्? ’ उनले प्रश्न गरे, ‘१३ वर्षीया बालिकाको हत्या भएको यति समयसम्म अपराधी पक्राउ नपर्ने तर राज्य आयोग बनाएर बस्ने यो कस्तो अनुसन्धान हो?’
_x000D_
_x000D_
राज्य निरिह भएको हो भन्दै गच्छादारले संविधानले कानुनी राज्य भने पनि सरकार यसको कार्यान्वयनतिर नलागेको आरोप लगाए।
_x000D_
_x000D_
सार्वजनिक रुपमा प्रतिकार गर्न उत्रन प्रधानमन्त्रीले आह्वान गर्नुपर्ने इतिहासमा पहिलो पटक आफूले सुनेको भन्दै गच्छादारले सरकार कुन अवस्थामा रहेछ भन्ने यसले पुष्टि गरेको टिप्पणी गरे।
_x000D_
_x000D_
संविधान संशोधन गरेर सबैलाई समेट्न आग्रह गर्दै उनले विवाद समाधान गर्न आग्रह गरे।
_x000D_
_x000D_
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता आफूलाई मन नपरेको तर कांग्रेस र अन्य दलका कारण मान्न बाध्य भएको भनी विगतमा दिएको अभिव्यक्ति अनुसार नै काम गरेको हो भनी गच्छदारले प्रश्न उठाए।
_x000D_
_x000D_
‘सरकारकै पार्टीका मुख्यमन्त्री अधिकांश प्रदेशमा हुँदा पनि किन केन्द्र र प्रदेश सरकारबीच द्वन्द्व छ?’ उनले भने, ‘संघीयतामाथि प्रधानमन्त्री ओलीको शंका अझै पनि बाँकी रहेको हो भनेर मैले शंका गर्नुपरेको छ।’
_x000D_
_x000D_
प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा सरकार आफै अधिकार खोस्नेतिर लागेको उनको टिप्पणी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।