काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि विजयी भएका रेशम चौधरीलाई सपथ नखुवाइ जेलमा राखेको भन्दै सरकारको आलोचना गरेका छन्।
_x000D_
_x000D_
उनले जनयुद्धका बेला हजारौंहजार सुरक्षाकर्मी मारिँदा मुद्दा नचल्ने तर टीकापुर आन्दोलनका बेला सुरक्षाकर्मी मारिँदा भने मुद्दा चलाइएकोमा आपत्ति जनाए।
_x000D_
_x000D_
'जनयुद्धका बेला हज्जारौंहजार हाम्रा सुरक्षाकर्मी मारिए। आन्दोलनकारी मारिए। कतिलाई मुद्दा चल्यो? कसलाई आपराधिक मुद्दा चल्यो? कहाँ मुद्दा चल्यो', महतोले भने, 'हजारौंहजार सुरक्षाकर्मी र आन्दोलनकारी मारिए, त्यसको नेतृत्व गर्नेलाई त प्रधानमन्त्री नै बनाइएको त सत्य नै हो नि।'
_x000D_
_x000D_
महतोले रेशमलाल चौधरी थरुहट आन्दोलनका नेता भएको बताए। 'त्यो आन्दोलन अहिले पनि समाप्त भएको छैन', उनले भने, 'तर, उनलाई आपराधिक मुद्दा लगाएर जेलमा कोचिएको छ। यही न्याय हो?'
_x000D_
_x000D_
महतोले टीकापुर आपराधिक घटना थियो कि थारु आन्दोलन थियो भन्दै प्रश्न गर्दै पहिले यसको निर्क्योल हुनुपर्ने बताए। 'टीकापुर घटना थारु आन्दोलनको एउटा रुप थियो। त्यहाँ दुर्भाग्यपूर्ण घटना भयो। त्यहाँ केही सुरक्षाकर्मी मारिए। दुःखद घटना भयो। आन्दोलनमा कहिले सुरक्षाकर्मीबाट आन्दोलनकारी मारिन्छन्, कहिले आन्दोलनकारीबाट सुरक्षाकर्मी', महतोले भने।
_x000D_
_x000D_
'७ गते त थरुहट आन्दोलन थियो। ८ गते के भयो? त्यसपछि टीकापुरमा के भयो? कुनै मुद्दा चल्यो? त्यहाँ थारु जनताको घरमा बसेर केके कुकर्म भयो, कुनै छानबिन भयो? कुनै मुद्दा चल्यो? आगजनी र लुटपाट भएको छ। कसैलाई मुद्दा चल्यो? अपराध त त्यो थियो', महतोले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।