काठमाडाै- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहिबार स्वदेश फर्केका नेता पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उक्त कुरा बताएका हुन्।
_x000D_ _x000D_
निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप समेत उनले लगाए। निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दाबी छ।
_x000D_ _x000D_
बूढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए।
_x000D_ _x000D_
फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे।
_x000D_ _x000D_
वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराए। १० दिन लामो युरोपको बसाईका क्रममा उनले पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुनु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।