काठमाडौं – सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ।
सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो।
कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो। यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो।
त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे। निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटे।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९.६ प्रतिशत मूल्य बढ्यो।
इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। समृद्धि फाइनान्सको ९.७, सानिमा जीआईसी इन्स्योरेन्सको ४.१ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।