• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जहाँ बेहाल, त्यहाँ डाक्टर चुमनलाल

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ०८:५०
1140x725

काठमाडौं– सरकारी अस्पताल अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन्। तर, डा. चुमनलाल दासको मान्यता फरक छ। उनी भन्छन्, ‘स्रोत होइन, सोचको कमी हो।’ सोचले स्रोत जुटाउन सकिने उनको अनुभवले बताउँछ।

_x000D_ _x000D_

दूरदराजको सरकारी स्वास्थ्य संस्थाको बेहाल भयो भने स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीले सम्झिने नाममध्ये एक हो डा. चुमनलाल दास। उनको छवि नै यस्तो बनेको छ कि जुन अस्पतालमा सरुवा भएर पुग्छन्, त्यहाँको अवस्थामा कायापलट ल्याउँछन्, ल्याउँछन्। 

_x000D_ _x000D_

२०४३ सालमा पहाडी जिल्ला ओखलढुंगाको च्यानम हेल्थ पोष्टबाट स्वास्थ्य सेवा थालेका उनी केही महिनाअघि मात्रै राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुगेका छन्। दुई नम्बर प्रदेशकै भरोसा बन्नुपर्ने अस्पतालको अवस्था झन्–झन् खस्किँदो रहेपछि ‘डा चुमनलाल कार्ड’को प्रयोग गरिएको हो। उनी त्यहाँ पुगेको तीन महिना मात्रै पुगेको छ तर सुधारका सकारात्मक संकेतहरु देखिन थालिसकेका छन्। 

_x000D_ _x000D_

अस्पतालको भौतिक अवस्था परिवर्तन भइरहेको छ, डाक्टरहरु थपिइरहेका छन्। स्वभाविक रुपमा बिरामीको चाप बढ्दो छ। केही समयमै महसुस हुनेगरी परिवर्तन देखाउने उनले लक्ष्य लिएका छन्। वर्षौंदेखिको अव्यवस्थालाई व्यवस्थित गर्न सहज भने उनलाई भइरहेको छैन। 

_x000D_ _x000D_

सरकारी अस्पताल यतिविघ्न अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन्। तर, डा. दासको मान्यता फरक छ। उनी भन्छन्, ‘स्रोत होइन, सोचको कमी हो।’ सोचले स्रोत जुटाउन सकिने उनको अनुभवले बताउँछ।

_x000D_ _x000D_

यात्रा अहेबदेखि डाक्टरसम्म

_x000D_ _x000D_

मोरङ बरडंगा गाविसको सुनवरसीको एक गरिब परिवारमा जन्मिए उनी। उनका अभिभावकमा सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना त धेरथोर थियो तर आर्थिक अवस्थाले दिंदैनथ्यो। गाउँमै कक्षा तीनसम्म पढाइ हुने स्कुल भएपछि उनले जेनतेन पढे। कक्षा ४ पढ्न भने काइनिया भन्ने ठाउँमा जानुपर्थ्याे। त्यहाँ पुग्न कम्तीमा एक घन्टा लाग्थ्यो।

_x000D_ _x000D_

हुनेखानेले सन्तान त्यहीं राखेर पढाउँथे तर उनको अवस्था त्यो रहेन। उनले एक वर्ष पढाइ हापे। उनको परिवारले अर्को वर्ष कल्याणपुरमा रहेको स्कुलमा पठायो। तर, बीचमा खोला भएका कारण वर्षायाममा स्कुल जान सकिंदैनथ्यो। जसोतसो ७ कक्षासम्म त्यहाँ पढे। कक्षा ८ पढ्न रंगेली जानुपर्ने भयो, त्यहीं डेरा लिएर बस्नुपर्ने भएपछि फेरि उनलाई आर्थिक समस्या आइलाग्यो। एक वर्ष साथीहरुसँग बसेर जसोतसो ८ पास गरे। कक्षा ९ मा पुगेपछि जुगाड गरेर पढाइ अघि बढाउने उनको हिम्मत टुट्यो। उनी भन्छन्, ‘साथीहरुकोमा कति बस्ने? अब सकिँदैन भनेर पढाइ नै हापिदिएँ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दुःखजिलो गरेर भए पनि उनले ८ पास गर्दा क्लास टपेका थिए। शिक्षकले उनलाई पढाइ छोडेर हिंड्न दिएनन्। श्री पब्लिक स्कुल रंगेलीको होस्टेलमा निःशुल्क खानेबस्ने व्यवस्था मिलाइदिए। त्यहींबाट राम्रो अंकका साथ २०४० सालमा एसएलसी पास गरे। उच्च शिक्षाका लागि उनले अरुमार्फत तत्कालीन महाराजगञ्ज क्याम्पसमा एचए र धनकुटाका सिएमए क्याम्पसमा सिएमएका लागि आवेदन दिए। ‘त्यो बीचको समय ट्युसन पढाएर जम्मा गरेको पैसाले भर्ना हुन पुग्छ भन्ने लागेर मैले अरुमार्फत आवेदन दिएको थिएँ,’ उनी सम्झिन्छन्। सिएमएमा पहिलो नम्बरमै नाम निस्किएकाले दुई सय रुपैयाँ छात्रवृत्ति पाइने भनिएपछि उनी त्यतै लागे। ‘२०४१ सालतिर दुई सय रुपैयाँले वर्षभरिको खाना र होस्टेलको शुल्क तिर्न पुग्थ्यो,’ उनले भने। 

_x000D_ _x000D_
_x000D_

सिएमएमा उनले नेपाल टप गरे । नतिजा नआउँदै जागिरको अफर आउन थाल्यो।आइएनजिओका प्रोजेक्टमा अफर आइरहेको थियो। तर उनलाई सरकारी अस्पतालमा सेवा गर्ने रहर थियो। त्यसैले अस्थायी नै भए पनि नियुक्ति लिन काठमाडौं आइपुगे।

_x000D_
_x000D_ _x000D_

सिएमएमा उनले नेपाल टप गरे । नतिजा नआउँदै जागिरको अफर आउन थाल्यो। विशेषगरी आइएनजिओका प्रोजेक्टमा उनलाई अफर आइरहेको थियो। सेवा–सुविधा पनि राम्रै थियो तर उनलाई सरकारी अस्पतालमा सेवा गर्ने रहर थियो। त्यसैले अस्थायीमा भए पनि नेपाल सरकारअन्तर्गत काम गर्ने नियुक्ति लिन काठमाडौं आइपुगे उनी । पश्चिम कैलाली वा पूर्वको सोलुमध्ये एक ठाउँ रोज्न भनिएको थियो। यही बेला स्थायीका लागि लोकसेवा खुल्यो। राजविराज पुगेर लोकसेवा दिए ।

_x000D_ _x000D_

लोकसेवामा पनि पहिलो नम्बरमै नाम निकाले। उनी २०४३ साउन १ गते नियुक्ति लिएर ओखलढुंगाको च्यानम हेल्थ पोस्टका लागि खटिए। ‘नियुक्ति दिने व्यक्तिले भन्नुभएको थियो ‘भाइ त्यो हेल्थपोष्टमा अहिलेसम्म कोही एक महिना भन्दा बढी बसेको छैन। तिमी सकौला र?’

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यस्तो भन्नेलाई पाँच वर्ष त्यहीं बसेर उनले चुनौती दिए। खानका लागि चामल नपाइने ठाउँमा सुरुमा उनलाई मुस्किल भयो। उनले स्थानीयको स्वास्थ्य उपचारको दुःखहरण आफ्नो कर्तव्य ठाने। उनी स्वास्थ्य चौकीमा आएका मात्रै होइन, घरमै लडिरहेका बिरामीको उपचार गर्न त्यहीं पुग्थे। 

_x000D_ _x000D_

२०४८ सालमा महाराजगञ्ज क्याम्पसमा उनले हेल्थ असिस्टेन्टका लागि आवेदन दिए। छनोट पनि भए। उनलाई एचए पढ्न अहेबको पढाइ र अनुभवले सघायो। एचए सक्नेबित्तिकै महाराजगञ्जमै एमबिबिएसका लागि प्रवेश परीक्षा दिए । त्यहाँ पनि नाम निस्कियो। २०५२ सालदेखि ५८ सालसम्म उनले एमबिबिएस अध्ययन सकेपछि पुनः सरकारी सेवाकै लागि आवेदन दिए। स्थायी चिकित्सकका रुपमा नाम निस्केपछि उनको दरबन्दी बिराटनगर अञ्चल अस्पतालमा भए पनि मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइयो। 

_x000D_ _x000D_

आफूलाई अब्बल डाक्टरका रुपमा यहीं प्रमाणित गरेका हुन् उनले। प्राथमिक स्वास्थ्य केन्द्रलाई कुन स्तरसम्म उकास्न सकिन्छ भनेर उनले देखाइदिए। ‘एक प्राथमिक स्वास्थ्य केन्द्रमा हरेक दिन दुई सय बिरामी ओपिडी सेवा लिन्थे भने १५ जनासम्म भर्ना गरेर राख्नुपथ्र्यो,’ उनले सम्झिए, ‘त्यहाँ आइपुग्ने स्वास्थ्य मन्त्रालयकै मान्छे पनि तपाईं एमडिजिपी हो भनेर प्रश्न गर्थे।’ उनले त्यहाँ प्रसूति, डेन्टल, चुस्त ल्याब सेवा, इसिजी, भिडियो एक्स–रेलगायतका सेवा थपे। एक प्राथमिक स्वास्थ्य केन्द्रलाई चाहिने सामान र उपकरण त जुटाए तर भवन अभावको महसुस हुन थाल्यो उनलाई। त्यसपछि ९ लाख सरकारी अनुदान र ९ लाख आफैंले चन्दा र दाता जुटाएर भवन निर्माण गरे। स्वास्थ्य सेवा मात्रै होइन, सामुदायिक स्वास्थ्य बीमाको सफल परीक्षण पनि गरिएको थियो त्यहाँ। 

_x000D_ _x000D_

स्वास्थ्य शिविर गर्दा दोहोरो भिडन्तमा

_x000D_ _x000D_

तीनवर्ष मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गरेपछि उनको सरुवा खोटाङ जिल्ला अस्पताल भयो। त्यहाँ जान चाहने डाक्टर नभएपछि विभागले उनलाई खटाएको थियो। माओवादी द्वन्द्व चर्किरहेको त्यो समय खोटाङ पनि आक्रान्त जिल्लामै पर्थ्याे। जिल्लाको दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर चलाउन जाने क्रममा एकपल्ट उनी भिडन्तमै परे। 

_x000D_ _x000D_

‘खोटाङको मामखा भन्ने डाँडाबाट माओवादीले आक्रमण गर्न थाले। हामी भने शिविर सकेर सदरमुकाम फर्किन पुल तर्दै थियौं,’ उनले सम्झिए, ‘गोली पुलको तारमा लाग्थ्यो र टङ–टङ बज्थ्यो। ज्यानको आशा नै मारेर हामी हिंडिरहेका थियौं।’ टोलीमा सहायक सिडियो, आर्मी र प्रहरी पनि थिए। आर्मीले उनीहरुलाई घिस्रिंदै उकालो लाग्न सुझाएर जवाफी फायरिङ थाल्यो। तीनजना लडाकुलाई लञ्चरको सहायताले गोली हानेर ढालेपछि सदरमुकामबाट थप सुरक्षा फौज बोलाइएको त्यो घटना सम्झिँदा अहिले पनि उनको ज्यानमा काँडा उम्रिन्छ। खोटाङ बस्दा जिल्ला अस्पताल मात्रै होइन, स्वास्थ्य चौकीको सेवा सुधारमा पनि उनले केही काम गरे । दुई वर्ष त्यहाँ सेवा दिएपछि उनी एमपिएच पढ्न गए। 

_x000D_ _x000D_
_x000D_

खोटाङको मामखा भन्ने डाँडाबाट माओवादीले आक्रमण गर्न थाले। हामी शिविर सकेर सदरमुकाम फर्किन पुल तर्दै थियौं। गोली पुलको तारमा लाग्थ्यो र टङ–टङ बज्थ्यो। ज्यानको आशा नै मारेर हामी हिंडिरहेका थियौं। 

_x000D_
_x000D_ _x000D_

एमपिएच सकेर आएपछि उनलाई संखुवासभाको जिल्ला अस्पतालमा पठाइयो। अस्पतालको  हालत हेर्दा उनको मन चिसो भयो। अस्पतालले दिनसक्ने सेवा पनि दिइरहेको थिएन। उनले व्यवस्थापन चुस्त बनाउनुका साथै पहिलोपल्ट सिजरियन सेक्सन समेत सुरु गरे। जसका लागि आर्थिक व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरेको थियो भने जनशक्ति उनी आफैंले जुटाउनु परेको थियो। त्यसका लागि किस्ट मेडिकल कलेजसँग उनले सहकार्य गरेका थिए। अस्पतालका भवन निर्माण, भिडियो एक्स–रे सेवा, ल्याब सेवालगायतको व्यवस्थापन उनले गरे। डेढ वर्ष उनी त्यहाँ बस्दा जिल्ला अस्पताल त जिल्लाकै राम्रो अस्पतालका रुपमा मूल्यांकनमा परेको थियो। 

_x000D_ _x000D_

उनको काम गराइबाट स्वास्थ्य मन्त्रालयका अधिकारी पहिल्यैदेखि प्रभावित थिए। स्वास्थ्य मन्त्रालयले उत्कृष्ट काम गर्ने आफ्ना कर्मचारीलाई प्रोत्साहन गर्न २०६९ सालमा थालेको स्वास्थ्य सेवा पुरस्कार सुरुमै प्राप्त गर्नेमध्ये उनी पनि एक थिए। 

_x000D_ _x000D_

जहाँ बेहाल, त्यहाँ डा. चुमनलाल

_x000D_ _x000D_

रौतहट सरुवा गरिएका उनी त्यहाँ सेवा सुधारमा डटिरहेकै थिए । बढुवा भयो, तर दरबन्दी नभएका कारण उनलाई उदयपुरको गाईघाटस्थित जिल्ला अस्पतालमा खटाइयो। उनी त्यहाँ पुग्दा अस्पताल स्वास्थ्य मन्त्रालयको समग्र पूर्वकै १३औं वा १४औं नम्बरको अस्पतालमा गनिन्थ्यो। उनी त्यहाँबाट निस्किँदा पहिलो नम्बरमा पुगेको थियो। 

_x000D_ _x000D_

उनले त्यहाँ स्वास्थ्य उपचारमा सुधारका साथै व्यवस्थापन पनि चुस्त बनाए। बिरामीको बिलिङदेखि स्टोरसम्म कम्प्युटर प्रविधिको प्रयोग गरे। फार्मेसी, ल्याब सेवा सुरु गरे। नयाँ भवन निर्माण गरे। अस्पतालको सुधारका लागि आफूले चालेका कदममा सहयोग पनि प्रशस्त प्राप्त गरेको उनी बताउँछन्। यसरी अस्पतालको कायापलट भयो। साढे ४ वर्ष यहीं सेवा दिएपछि उनी तेह्रथुम जिल्ला अस्पताल सरुवा भए। त्यहाँ उनले साढे दुई महिना मात्रै काम गर्न पाए। तर, बन्द अवस्थामा रहेको अप्रेशन थिएटरलाई चालु गरेर सिजेरियन सेक्सनसम्म हुने अवस्थामा ल्याइपुर्‍याए। अस्तव्यस्त फार्मेसीको व्यवस्थापन र २४ घन्टा इमर्जेन्सी सेवा र कम्प्युटर बिलिङ सिस्टम बसाए।

_x000D_ _x000D_

अस्पतालको सुधारसँगै बिरामीको चाप बढ्न थालेको थियो। उनलाई २०७४ साल जेठ २२ मा सिरहा अस्पताल सरुवा गरियो। सिरहा अस्पतालमा पनि उनलाई सुधारको अपेक्षासहित सरुवा गरिएको हो। त्यहाँ उनले एक स्तरसम्म सुधारको नेतृत्व गरे। 

_x000D_ _x000D_

अप्रेशनका लागि एउटै आधुनिक उपकरण थिएनन्, त्यो जुटाए। ल्याब, फार्मेसीलाई व्यवस्थित गरे। बेड मिलाउनेदेखि अस्पतालभित्रका खाल्टा पुर्ने र भवन पुनर्निर्माण गर्नेसम्मका काम उनले गरे। पछि अस्पताल फ्रेस हुन बाहिर निस्किएको मान्छे टहलिन आउने ठाउँ बन्यो। अस्पतालका बिरामीका लागि रगत चाहिन्थ्यो तर ब्लड बैंक थिएन। रेडकक्रसले भवन बनाएपछि ब्लड बैंक चालु भएको थिएन। उनले यसका लागि उपकरण जुटाउने जिम्मा लिए र ब्लड बैंक सुचारु गराए। अस्पतालमा बिरामी र बिरामी कुरुवाका लागि आरामदायी वातावरण बनाए। 

_x000D_ _x000D_

उनी यही अस्पतालको सेवाको सुधारमा डटिरहेका बेला ११औं तहमा बढुवा भए। ११औं तहको लागि उक्त अस्पतालमा दरबन्दी नभएका कारण उनको सरुवा राजविराज भयो। तीन महिनादेखि यही अस्पतालको सुधारका लागि खटिरहेका छन्। दुई नम्बर प्रदेशको प्रतिष्ठान बनाउने लक्ष्य लिइएको अस्पताल चाँडै तीन सय बेडको बनाउने प्रस्ताव गरिएको छ। १२ विभागमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा जम्मा तीन जना स्थायी विशेषज्ञ डाक्टर छन्। तर, अस्पतालमा उपचारको वातावरण आफूले बनाउने भन्दै  स्वास्थ्य मन्त्रालयलाई थप डाक्टर पठाइदिन अनुरोध गरिरहेका छन्। कामप्रति उनको लगाव देखेर मन्त्रालयले सहयोग गर्ने बाचासमेत गरेको छ। 

_x000D_ _x000D_

यो तीन महिनामा उनले २४ घन्टा मिर्गौला डायलाइसिस सेवा, इमर्जेन्सी र इन्डोर उपचार सेवा र ल्याबमा एक हदसम्मको सुधार ल्याएका छन्। अस्पतालको व्यवस्थापकीय र भौतिक सुधार आफूले गर्न सक्नेमा उनी विश्वस्त छन्। तर, समस्या उही देखेका छन्, जनशक्तिको कमी। यसमा वर्तमान उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवप्रति उनको आशा छ। 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्