काठमाडौं – सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो।
यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।