एजेन्सी– लामो समयको पर्खााइपछि अभिनेता आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ३८ सेकेन्ड लामो ट्रेलरमा पहिलो पटक अमिताभ बच्चन, आमिर खान एकसाथ देखिएका छन्। जहाँ अामिर एक फिरगी क्यारेक्टरमा देखिएका छन्। यससँगै सार्वजनिक ट्रेलरमा कट्रिना कैफ, फातिमा साना लगायतको अभिनय देख्न सकिन्छ।
_x000D_
_x000D_
ट्रेलर हेर्दा फिल्म पिरियड ड्रामाबेसमा बनेको छ। १७९५ मा इस्ट इन्डिया कम्पनी भारत आएपछि भारतमै शासन गर्न गरेको संघर्ष र त्यसको प्रतिरक्षाका लागि गरिएको संघर्ष नै फिल्मको मुख्य कथावस्तु रहेको छ।
_x000D_
_x000D_
सामुद्रिक जहाजमा देखाइएका विभिन्न स्टन्ट र अमिताभको अभिनय ट्रेलरमा निकै उत्कृष्ट लाग्छ।
_x000D_
_x000D_
फिल्म आउँदो ८ नोभेम्बरबाट प्रदर्शनमा आउने छ।
_x000D_
_x000D_
फिल्मको ट्रेलर
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।