एजेन्सी – बलिउड फिल्म यात्रामा सानदार उपस्थिति जनाउदै आएकी अभिनेत्री करिना कपुर अब रेडियो कार्यक्रम प्रस्तोताको रुपमा आउने भएकी छिन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भए अनुसार करिनाको प्रस्तुतिमा रहेको रेडियो कार्यक्रम आउँदो डिसेम्बर महिनाबाट प्रसारण हुनेछ।
_x000D_
_x000D_
करिना रेडियो कार्यक्रम प्रस्तोता बन्न लागेको खबर भने उनी आफैँले सार्वजनिक गरेकी हुन्। उनले आफ्नो इन्स्टाग्राम एकान्टमा स्टुडियोमा रहेको एक तस्बिर सार्वजनिक गर्दै आर.जे. को अवतारमा आउदै गरेको संकेत गरेकी थिइन्।
_x000D_
_x000D_
सञ्चारमाध्यममा उल्लेख भएअनुसार करिनाको प्रस्तुतिमा रहने कार्यक्रमको पहिलो भाग तयार भइसकेको छ। जसमा गेष्टको रुपमा अर्की अभिनेत्री सन्नी लियोनी रहेकी छन्।
_x000D_
_x000D_
कार्यक्रममा करिना र गेष्टबीच फिल्मी करियर र व्यक्तिगत जीवनका विषयमा कुराकानी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।