इलाम- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन्।
_x000D_
_x000D_
'मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो, त्यही दस्तावेजमा पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य हो,' आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने।
_x000D_
_x000D_
अहिले नेकपा नेतृत्वको दुई तिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे।
_x000D_
_x000D_
नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गरे। 'हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे। तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानुन अनुसारको सपथ खानुभएको छ। अहिले कसैले पनि संविधान नमानेको छैन,' उनको भनाइ थियो।
_x000D_
_x000D_
नेम्वाङले आफूलाई संसद्को सपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको तर्क गरे। 'संविधानको विरोध गर्ने पार्टी राजपा हो। तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को सपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर सपथ खानुभएको थियो,' उनले भने।रासस
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।