बाँके– नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ।
_x000D_
_x000D_
दिउँसो र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ। विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले बताए।
_x000D_
_x000D_
‘कतिबेला बत्ती आउँछ, कतिबेला जान्छ थाहै हुँदैन, छपाइको काममा ढिलाइ भइरहेको छ,’ उनले भने,‘बत्ती नहुँदा न काम गर्न सकिएको छ न त राम्रोसँग सुत्न सकिएको छ।’
_x000D_
_x000D_
नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए। नियमित विद्युतका लागि पटक–पटक पहल गरिए पनि नियमित हुन नसकेको उनको गुनासो थियो।
_x000D_
_x000D_
केन्द्रीय प्रसारण लाइनबाट विद्युत् अवरोध भएका कारण अहिले नेपालगञ्जमा दैनिक ८ घण्टासम्म विद्युत् अनिमित गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए।
_x000D_
_x000D_
कालीगण्डकी जलविद्युत केन्द्रको विद्युत् गृहमा नियमित मर्मत गर्नुपर्ने भएकाले केन्द्रीय प्रसारणमा अवरोध हुँदा नेपालगञ्जमा पनि समस्या भएको उनले उल्लेख गरे।
_x000D_
_x000D_
बाँकेमा दैनिक २० देखि २२ मेगावाट विद्युुत आवश्यक पर्नेमा अहिले नेपालबाट ५ र भारतबाट १० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेकाले ५ देखि ८ मेगावाट विद्युत् अपुग हुँदा असोज १२ गतेसम्म एक फिडरमा दैनिक दुई घण्टा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था रहेको प्रमुख यादवले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।