डाेटी– सिलगढीमा संसदीय प्रणालीमा आधारित दुई दिने बहस प्रतियोगिता सम्पन्न भएको छ।
_x000D_
_x000D_
समृद्धि र विकासमा युवाको सिर्जनात्मक भूमिकालाई मध्यनजर गर्दै बहस सञ्चालन गरिएको थियो। नयाँ यूवा नयाँ सोच सेवा समाज डोटी र बहसकर्ता नेपालको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीको प्रमुख आतित्थतामा समापन भयो।
_x000D_
_x000D_
नगर प्रमुख मञ्जु मलासीले विकासका पूर्वाधार मध्ये शिक्षा, स्वास्थ्य र खानेपानीको विकासमा स्थानिय तहका सबै जनप्रतिनिधि आ–आफनै क्षेत्रबाट लाग्नुपर्ने बताए।
_x000D_
_x000D_
डोटीमा गुस्तरीय शिक्षा नभएकाले विद्यार्थीहरु पढ्नको लागि बाहिर जानु पर्ने बाध्यता रहेकोले स्थानिय सरकारदेखि केन्द्रीय सरकारले सोच्नु पर्ने रहेको उनले बताए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै बहस यात्राका निर्णायक प्रमुख विनोद खत्रीले बहस गर्ने सबैभन्दा राम्रो देश बेलायत भएकाले बेलायत संसद सदन जस्तै नेपालमा पनि बहस गर्ने तरिका प्रभावकारी गर्नको लागि यो कार्यक्रम राखिएको उल्लेख गरे। डोटी जिल्लाका १६ वटा विद्यालयका माध्यामिक तहका विद्यार्थी बहसमा सहभागी थिए।
_x000D_
_x000D_
बहसमा सिताराम माध्यामिक विद्यालयका प्रदिप कठायत र मुकेश भट्ट बहस यात्रा २०७५ को विजेता बन्न सफल बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।