बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। लु१ख ७३४९ नम्बरको ट्रकले बा७५प ४९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल कालिकानगर ११ बस्ने २० वर्षीया अनी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
दुर्घटनामा मोटरसाइकल चालक पाल्पा तानसेन–२ का २४ वर्षीय पुकार शाही घाइते भएका छन्।
_x000D_
_x000D_
भैरहवाबाट बुटवलतर्फ आइरहेको ट्रकले पूर्वबाट पश्चिमतर्फ सडक पार गर्दै गरेको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी श्रेष्ठको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
घाइते शाहीको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।