काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण टोलीले नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’ निर्माण गर्ने भएको छ। बुधबार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको भेटमा फिल्म युनिटले उक्त कुराको जानकारी गराएको हो।
_x000D_
_x000D_
फिल्म युनिटले ‘इन्टु मिन्टु लन्डनमा’को ६ दिने कलेक्सन पनि सार्वजनिक गरेको छ। फिल्मका निर्माता प्रज्ज्वल शमशेर जबराले ६ दिनमा ३ करोड ३० लाखको हाराहारीमा कलेक्सन भएको दाबी गरे। यससँगै फिल्मको अन्य देशहरुमा पनि माग बढेको फिल्मकी निर्देशक रेनसा वान्तवाले बताइन्। उनले अहिलेसम्म ८६ लाखको अन्तर्राष्ट्रिय ‘शो’का लागि सम्झौता भइसकेको पनि जानकारी गराइन्।
_x000D_
_x000D_
विशेषगरि ‘इन्टु मिन्टु लन्डनमा’ले सफलता प्राप्त गरेपछि नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’ बनाउने निर्णय गरेको जबराले बताए। फिल्म युनिटका अनुसार अब बन्ने ‘आइएम ट्वान्टी वान’ २०७६ को दशैंमा सार्वजनिक हुने छ।
_x000D_
_x000D_
फिल्मका लागि कलाकारहरुको चयन भने अहिलेसम्म गरिएको छैन। तर फिल्मको निर्देशनमा वान्तवा र अभिनेतामा धिरज नै रहने अधिक सम्भावना रहेको निमार्ण युनिटले संकेत गरेको छ।
_x000D_
_x000D_
फिल्मबाट यसअघि ‘इन्टु मिन्टु लण्डन’ धिरजसँगै पर्दामा देखिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भने बाहिरिने पक्का भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।