रसुवा– रसुवामा होटल तथा पर्यटन व्यवसायी संघ गठन गरिएको छ। संघको बुधबार सदरमुकाम धुन्चेमा भएको पहिलो भेलाले रितुपेमा तामाङको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
_x000D_
_x000D_
संघको उपाध्यक्षमा धनकुमारी गुरुङ, महासचिवमा रामशरण गजुरेल, सचिवमा फुर्पुसिङगी तामाङ, कोषाध्यक्षमा डोल्मा संग्रौला र सह–कोषाध्यक्षमा विष्णु आचार्य चयन भएका छन्।
_x000D_
_x000D_
त्यस्तै सदस्यहरुमा अमित लामा, सुनिता लामा, याङजेन घले, कामी छोमो तामाङ, कोक्ले तामाङ र ज्योती तामाङ रहेका छन्। संघले जिल्लाका होटल तथा पर्यटन व्यवसायीलाई संघमा आवद्ध गराई होटल तथा पर्यटन व्यवसायीको हकहितका लागि काम गर्ने अध्यक्ष रितुपेमा तामाङले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।