रसुवा– रसुवामा रहेका बिर्ता र सुकुमबासी समस्या समाधानको माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गराइएकाे छ। जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न बुधबार कालिका गाउँपालिकाको ध्यानाकर्षण गराइएको हो।
_x000D_
_x000D_
कृषि औजारसहित प्रदर्शन गर्दै गाउँपालिका पुगेका बिर्ता तथा सुकुम्बासीलगायतको टोलीले गाउँपालिकाका अध्यक्ष सीता अधिकारीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष टंकलबहादुर नगरकोटीले बताए। जिल्ला भूमि अधिकार मञ्च र कालिका गाउँपालिकास्तरीय भूमि अधिकार मञ्चको संयुक्त पहलमा करिब २५० जनाको सहभागितामा कृषि औजार प्रदर्शन गरी समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नगरकोटीले जानकारी दिए।
_x000D_
_x000D_
यस्तै उत्तरगया र नौकुण्ड गाउँपालिका क्षेत्रमा रहेका गाउँ भूमि अधिकार मञ्चका अगुवाले समेत बिर्ता र सुकुमबासीको समस्या समाधानका लागि सुरु गरिएको अभियानमा ऐक्यवद्धता जनाएको जिल्ला भूमि अधिकार मञ्च रसुवाले जनाएको छ।
_x000D_
_x000D_
गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावमा भूमिसम्बन्धी सबै समस्या समाधान गर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेको भए पनि हालसम्म भूमिसम्बन्धी कुनै पनि समस्या समाधानको प्रक्रिया थालनी नगरेको भूमिअधिकार मञ्च रसुवाका विश्वास नेपालीले बताए।
_x000D_
_x000D_
पछिल्लो समयमा बिर्ता जग्गा आफ्नो बनाउन र केही व्यक्तिहरूले खरिद गरी नयाँ जग्गाधनी बन्ने जस्ता क्रियाकलाप हुन थालेकाले स्थानीय तहबाट समस्या समाधान खोज्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष सीता अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफूहरूले चुनावमा गरेको बाचा अनुसार भूमि सम्बन्धि सम्पूर्ण समस्या समाधान गरिने बताए । गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरी उपयुक्त कानुन बनाई आफ्नो पालिका क्षेत्रभित्र रहेको भूमिसम्बन्धि मुख्य समस्याहरू बिर्ता र सुकुमबासी सवाल टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
_x000D_
_x000D_
नेपालमा कानुनी हिसावले बिर्ता प्रथा उन्मूलन गरिएको ६० वर्ष लाग्यो । राजधानी काठमाण्डौबाट नजिक रहेको रसुवाका किसानले भने अझै बिर्ता जग्गा सम्बन्धि समस्या झेलिरहनु परेको छ । साविकको धैबुङ, भोर्ले र लहरेपौवा गाविसका ७ सय १८ परिवारले जोतभोग गरेका करिव १ हजार ४ सय ६९ रोपनी जमिन बिर्ता अन्तर्गत छ । अधिकांश बिर्ता पीडित किसानहरू कालिका गाउँपालिका क्षेत्रभित्र रहेको जिल्ला भुमिअधिकार मञ्च रसुवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।