काठमाडौं – दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ।
दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ।
असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ। दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।