पोखरा– पोखरा–२२ पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। पोखरा–२२ कोदी बस्ने २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले आज सार्वजनिक गरेको हो। उनी पोखरामा ज्यालादारी काम गर्दै आइरहेका थिए।
_x000D_
_x000D_
‘सोमबार कोदीकै एउटा भट्टीमा कुसुमले साथीहरुसँग मिलेर रक्सी खाएछन्। बेलुकीतिर कुसुम रक्सी लिन पसल जाँदै गर्दा श्रीयालाई एक्लै देखेर नशाको सूरमा बलात्कार गरेको स्विकारेका छन्,’ एसपी ओम रानाले भने, 'कानुन अनुसार पौडेललाई हदैसम्मको कारबाही प्रक्रिया अघि बढाउनेछौं।’
_x000D_
_x000D_
पहिले पैसा दिएर बलात्कारको प्रयास गरेको तर नमानेपछि हत्या गरेको पौडेलले बयानका क्रममा बताएका छन्। ‘श्रीयाको मामाघरभन्दा अन्दाजी ७० मिटर तल सानो मन्दिर भएको ठाउँमा लगेर ‘चकलेट खाऊ’ भनी ५ रुपैयाँ दिएका रहेछन्,’ एसपी रानाले भने, ‘त्यसको १० मिटर तल थप १० रुपैयाँ दिएर प्रलोभनमा पारी करणी गर्न खोजेको रहेछन्। नमानेपछि ट्यांकीमुनि धकेलिदिएका रहेछन्।’
_x000D_
_x000D_
मृतक विक लडेर झाडीमा पुगेपछि पौडेलले सबै कपडा खोलेर जबर्जस्ती गर्न खोज्दा चिच्याएको, त्यसपछि दायाँ हातले घाँटी थिचेको र बायाँ हातले योनांगमा औंला घुसाएको पौडेलले दिएको बयानमा उल्लेख छ।
_x000D_
_x000D_
‘विक बेहोस अवस्थामा पुगेपछि मरेकाे भन्ठानेर ढुंगाले टाउको र अनुहारमा प्रहार गरेको उनले स्विकारेका छन्,’ कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले भने।
_x000D_
_x000D_
मृतक विक कोदीमै रहेको लीला आधारभूत माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन्। मामा कृष्ण सुनारको घरमा करिब २ वर्षअघिबाट दिदी र आमासँग बस्दै आएकी थिइन्। सोमबार साँझ बिस्कुट किन्न पसल गएको र मंगलबार बिहान कोदीकै खोल्सामा उनको शव फेला परेको थियो।
_x000D_
_x000D_
मंगलबार नै विकको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो। रिपोर्टमा बलात्कारपछि हत्या भएको प्रमाणित भएको छ।
_x000D_
_x000D_
विकको हत्यामा संलग्नहरु पत्ता लगाउन जिल्ला प्रहरी कास्कीबाट प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।